
चारबर्ण छत्तिस जातिको फुलबारी हाम्रो देशमा नेपाली लोक तथा दोहोरी गीत संगीतको छुट्टै महत्व रहेको छ । यस भित्र विभिन्न जात जातिको भेषभुषाले पनि यस देशको विशेषतालाई विश्वसामु परिचित गराउन निकै सहज रहेको पाइन्छ ।
यसैलाई ध्यानमा राखेर यति बेला नेपाली गीत संगीतको क्षेत्रमा नेपालको लागि शेर्पा भाषाको पहिलो गायक तथा टुंङना बादक लाक्पा तेन्जी शेर्पाले ‘मज्जाले नाचौँला’ बोलको गीत सार्बजनिक गरेका छन् । प्रस्तुत गीत शेर्पा टोनमा भएता पनि पर्वतीय भाषामा नेपाली संस्कृति झल्किने गरी तयार गरिएको छ ।
नेपाली गीत संगितको क्षेत्रमा शेर्पा गीत मार्फत गायण क्षेत्रमा पहिचाहन गर्दै गायक लाक्पा तेन्जी शेर्पा र प्रतिभासाली गायक रामकुमार कार्कीको सुमधुर स्वरमा मज्जाले नाचौँला’ भिडियो सहित सार्वजनिक भएको छ । संगीत लाक्पा तेन्जी शेर्पा र संगीत संयोजन राकेश सोनीले गरेका छन् । गीतको म्युजिक भिडियोलाई रामकुमार कार्की नामक युट्युब च्यानल मार्फत रिलिज गरिएको छ ।
म्युजिक भिडियोमा सन्जिब ठकुरी, मिङमा शेर्पाको अभिनय देख्न सकिन्छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क को छ । गीतलेे एक प्रकारको चर्चा परिर्चचा कमाउने पक्का छ ।