BREAKING
लामो समयको अन्योलका बिच हिमगंगा माबिमा अभिभावक भेला | बत्ति मुनिको अन्धकार लिखुपिके ६ दिनदेखि अबरुद्ध | जन्मभुमि बचत तथा ऋण सहकारीको १० ओैँँ साधारण सभा सम्पन्न, १२ लाख भन्दा माथि मुनाफा | ओखलढुंगाका कांग्रेसका पुराना नेता दाहालको शुक्रबार निधन | गायिका सरिताको नाम्चे बजार चर्चाको शिखरमा | लिखुपिकेमा चट्याङ लागेर दुई महिला घाइते | बिधुत सट भएर लिखुपिके २ मा एक घर जल्यो | उमाकुण्ड गाउँपालिकाको नबौँ गाउँसभा सम्पन्न | काँग्रेस सोलुखुम्बु द्वार बिकास निर्माणका कार्यहरुलाई लिएर नगरपालिकालाई ध्यानाकर्षण | हिउँमा कठ्याङग्रिएर जिल्ला हुलाक कार्यलयका एक कर्मचारिको ज्यान गयो |

पूर्व–पश्चिम रेलमार्गको काक्कडभिट्टा–इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ । मेची)काली रेल मार्गको काकडभिट्टा )इनरुवा (ज्ञण्ट कि मि बिधुतिय रेलमार्गको ट्राक बेड ओछ्याउन भएको टेन्डर प्रकियामा सुरुवातमै सार्वजानिक खरिद ऐन र सार्वजानिक खरिद नियमावली बिपरित कमिसनको खेलमा रेल मार्गको कार्य अगाडि बढाएको भन्दै नेकपाका दुई युवा नेता सुदेश पराजुली र जिवन राईले आवाज उठाएका कारण ठेक्का स्थगित भएको हो ।

उनिहरुले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ठूलो प्रोजेक्टलाई पारदर्सी, ऐन र नियमावली बमोजिम काम गर्नु पर्छ भनेर आवाज उठाउँदै आएका थिए । त्यसपछि संसदको विकास समितीमा व्यापक छलफल भएको थियो । यससंगै रेलमार्गको ठेक्काका विषयमा चौतर्फी आवाज उठेको थियो । उक्त बिषयमा अग्रज नेताहरु बोल्न नसक्ने अवस्थामा रहँदा समेत निरन्तर आफुले आवाज उठाउँदै आएको र निरन्तरको प्रयास पछि उक्त ठेक्का रोक्न सफल भएको युवा नेता सुदेश पराजुलीले बताए । उनले भने आज रेलको टेन्डर प्रकिया स्थगित भएको छ । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् ।

नेताद्धयले जग्गा निश्चित नहुँदै रेलका नाममा २८ अर्बको टेन्डर जारी गरेर १० अर्ब बढी भ्रष्ट्रचार भएको भन्दै संघीय संसदको विकास तथा प्रविधि समितिमा निवदेन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय