
काठमडौँ। सिन्धुलीको कमलामाई नगरपालिकी एक महिलामा कारोना भाइरस संक्रमण पुष्टी भएको छ । कमलामाई नगरपालिका बडा नम्बर ६ की ३८ बर्षीय महिला को रिपोर्ट पोजेटिभ आएको हो ।
परिक्षणको लागि पठाएको श्वाब मध्ये ६५ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
कमलामाई नगरपालिकाबाट ५३ जना, हरिहरपुरगढी गाउँपालिकाबाट ७ जना र गोलन्जोर गाउँपालिकाबाट ६ जना गरि जम्मा ६६ जनाको परिक्षणको लागि किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा स्वाव पठाईएको थियो । जिल्लामा हालसम्म ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।