BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

बर्षा लागे सँगै रामेछापको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिका को वडा न १ गुम्देलका केहि ठाउँहरुमा जङ्गली जनावर भालुले दुःख दिने गरेको छ । वडा न १ को लाछेवर,तेच्छिम, क्यामा, गुम्देल, र च्याउँके लगायतका स्थानमा भालुले दुःख दिने गरेको छेवरका स्थानिय टर्कि शेर्पाले बताउनु भयो । सोही वडामा आधा दर्जन भन्दा बढि भालु रहेको हुन सक्ने अनुमान रहेको स्थानिहरु बताउँछन ।

केहि दिन अघि गुम्देलको साविकको वडा नं ३ तेच्छीमका स्थानीय टेकबहादुर राइलाई भालुले आक्रमण गरेको थियो । बिहानै घरबाट नजिकैको मकै बारीमा गएका उनलाई बच्चासहितको भालुले हमाला गरेको थियो । भालुको आक्रमणबाट उनी घाइते भएसंगै स्थानीयहरुमा त्रास फैलिएको छ ।

गत वर्ष पनि मकैको घोगा लाग्ने समयमा गाउँगाउँमा नै भालुले आतङ्क मच्चाएको थियो । भालु स्थानीयहरुले लगाएको मकै, आलु, लगाएतका बाली पाक्ने समयमा गाउँघर नजिकैको बारीतिरै पस्ने भएकाले कृषक चिन्तित रहेका छन । भालुको डरले मानिसहरु साझ बिहान घरगोठ आउन जान समेत डराई डराई हिड्डुल गर्नु परेको स्थानियहरुको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय