
काठमाडौं । जन्मदिनको उपलक्ष्यमा एसिड पीडित मुस्कान खातुनलाइ संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नगद सहयोग गरेका छन् । भट्टराईले उनलाई ५० हजार नगद सहयोग गरेका हुन् ।
पीडित मुस्कानलाइ अध्ययन खर्चमा सहयोग पुग्ने गरी मन्त्री भट्टराईले नगद सहयोग गरेको सचिवालयले जनाएको छ ।
उनले खातुनलाई भविष्यमा डाक्टर बन्ने शुभकामना समेत दिए ।