BREAKING
महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की | हाइड्रोपावरले स्थानिय तहलाई खेलौना सम्झियो :अध्यक्ष सुनुवार | दोलखाको तामाकोसी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि , सक्रमितको सङ्ख्या ८ पुग्यो । | कोरोनाको जोखिमका कारण हिमगंगाको पठनपाठन बन्द | लिखु हाइड्रोपावरमा काम गर्न आएका बर्दियाका ४७ मजदुरमा कोरोणा पोजेटिब |

बर्तमानमा समयमा प्राबिधिको उच्च प्रयोग गर्दै नेपाली पत्रकारीताको इतिहाँसलाई हेर्दा पत्रकारीताले सिंगो इतिहासलाई नै बोकेको स्पष्ट देखिन्छ । नेपाली प्रेस जगतमा अहिले हामी अनलाईन माध्यमसम्म आईपुगेका छौं । पछिल्लो समय अनलाईन समाचार पोर्टलहरु सञ्चालन हुने क्रम बाक्लैदैं गएका छन र यसको बिश्वसनियता पनि बढिरहेको छ ।

प्रबिधिको बिकास सँगै पढ्ने, सुन्ने र हेर्ने तिनै वटा माध्यमलाई एकै साथ लिएर हिंड्न सक्ने माध्यममका रुपमा अनलाईनलाई लिदै आइरहेका छन । बिश्व माहामारीका बेला कोरोना भाइरसको कारण आज अनलाईन समाचार पोर्टलहरुको लोकप्रियता बढ्दै गएको पाईन्छ ।


यही परिप्रेक्षमा लिखुपिके गाउँपालिका सोलुखुम्बुमा सञ्चालन हुने गरि मोफसलमा
नसुनिएका अनि कहिल्यै नहेरिएका नागरिकका सिदा कुरा सिदा खबरमा प्रसारण गर्ने उद्देश्यले हामीले सिदा खबर प्रकाशन आरम्भ गरेका छौं । सिदा खबर अनलाईनको प्राविधिक पक्षमा आफुलाई केही फरक रुपमा प्रस्तुत गरेको छ भने मोफसलमा भएका लेखकीय क्षमता भएका ब्यक्तिहरुलाई पहिचान गरी वहाँहरुको बिचारलाई आम नागरिकमाझ पुर्याउने उद्देश्य बोकेको छ ।

अनलाइनको भिडमा सिदा खबर डटकमले केही चुनौतीहरुको सामना पक्कै पनि गर्नु पर्ने नै हुन्छ तर ति चुनौतीहरुलाई पार गर्दै समुदायि स्थर देखि केन्द्रीय स्थर , अन्तर्राष्ट्रिय स्थर सम्मका खबरहरु हामी सिदा खबरमा सिदा प्रकाशन गर्ने कुरामा प्रमानित गर्नेछौ ।
सिदा खबरलाई पाठकसम्म पुर्याउँदा अवश्य पनि हामी, व्यापारी , सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समेत जोडिने छौं तर समाचार प्रकाशन गर्ने कुरामा हामी कुनै पक्ष बिपक्ष , नभनि समाज ,राष्ट्र , को हितको लागि समाचार प्रकाशन गर्ने छौँ ।

सिदा खबर आगामी दिनमा सबैसंगको सहकार्य र सकारात्मक आलोचनाको अपेक्षा गरेको छ । यस महान कामको लागि सल्लाहा दिने बिभिन्न निकायका ब्यक्तित्व , अग्रज पत्रकार, समाजसेबी सबै प्रति हार्दिक आभार । तपाईले अब सिदा खबर पढ्न र सिदा टिभी मार्फत हेर्न जुनसुकै बेला सक्नु हुन्छ ।
धन्यबाद

विष्णु खड्का
सम्पादक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय