BREAKING
थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि | नेपाली कांग्रेस सोलुखुम्बु द्वारा पार्टीलाई योगदान दिने नेता गुमाएको प्रति दु:ख ब्यक्त | तितेपातीबाट तेल उत्पादन सुरु, बजार मूल्य लिटरको ७ देखि १० हजारसम्म | बिहीबार २ हजार ३६४ जना काेराेना सङ्क्रमित थपिए, ३ हजार बढी डिस्चार्ज | महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की |

रामेछाप जिल्लामा सोमबार सम्ममा
१ हजार ३ सय २ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ९१ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका ३६ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको जिल्ला स्वास्थ कार्यलय रामेछापले बताएको छ । उमाकुण्ड गाउँपालिका वडा न २ को क्वारेन्टिनमा रहेेेका ३६ जनाको स्वाब संकलन गरिएको वडा न २ का वडा अध्यक्ष खम्बध्वज बस्नेतले बताउनु भयो । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित १० जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

जिल्लामा हालसम्म १ हजार १ सय ६८ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ८२ , तामाकोसी अस्पतालमा ६१ , मन्थली नगरपालिकामा ३ सय ७६ , रामेछाप नगरपालिकामा १५१ , उमाकुण्ड गाउँपालिकामा १३४, खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १, दोरम्बा गाउँपालिकामा ४० , लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरी १३ सय २ जनाकोे पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय