BREAKING
महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की | हाइड्रोपावरले स्थानिय तहलाई खेलौना सम्झियो :अध्यक्ष सुनुवार | दोलखाको तामाकोसी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि , सक्रमितको सङ्ख्या ८ पुग्यो । | कोरोनाको जोखिमका कारण हिमगंगाको पठनपाठन बन्द | लिखु हाइड्रोपावरमा काम गर्न आएका बर्दियाका ४७ मजदुरमा कोरोणा पोजेटिब |

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अहिलेको निषेधाज्ञा लम्ब्याउनुपर्ने तर्क राखेका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको कोभिड १९ निगरानीसम्बन्धी उपसमितिको आइतबारको बैठकमा उनले निषेधाज्ञा आगामी दसैंसम्मै गर्नुपर्ने बताएका हुन्।

‘दशैं आउँदैछ, केही सहजीकण गरेर भए पनि यसलाई त्यतिबेलासम्म कायम राख्नुपर्छ होला’, उनले भने, ‘अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ। संक्रमण बढ्छ। त्यसकारण दशैसम्म निषेधाज्ञा गर्नैपर्छ।’
‘दसैंसम्म कुनै न कुनै रूपमा अलिकति केही खुकुलो बनाएर भए पनि निषेधाज्ञा कायम गर्नैपर्ने हुन्छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले भने । नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको भन्दै हालकै अवस्थाको निषेधाज्ञाको अर्थ नभएको धारणा राखेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय