BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति रामेछापले आफ्ना कार्यसमिति सदस्य सहित २० जना पत्रकारहरुलाई प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ । आइतबार सदरमुकाम मन्थलीमा एक कार्यक्रम गरि संघले प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

संघका जिल्ला अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा संघका सम्पूर्ण कार्यसमितिका सदस्यहरु, बागमती प्रदेश सदस्य र अन्य क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरिएको हो । जिल्लाको खाँडादेवी गाउँपालिकाको वडा नं २ हिलेचौर, मझुवाका स्थानीय तथा समाजसेवी कल्याणरत्न कार्कीको आर्थिक सहयोगमा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत दलित पत्रकारहरुलाई संघले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले जारी गरेको बन्दाबन्दी, निषेधाज्ञामा पत्रकारहरुलाई समाचार संकलनमा बाहिर हिड्डुल गर्न सहज् होस् भन्ने उदेश्यले प्रेस ज्याकेट र आवश्यक स्वास्थ्य सुरक्षाका लागि माक्स , सेनिटाइजर वितरण गरिएको राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष लेख बहादुर विकले जानकारी दिनुभयो ।

आगामी दिनमा राष्ट्रिय दलित पत्रकार संघले पत्रकारहरुको हक र अधिकारको लागि भूमिका खेल्ने उहाँको भनाई थियो । त्यस्तै राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेश सदस्य गम्भिर बिकले जिल्ला कार्यसमितिले यो महामारीको समयमा अत्यावश्यक स्वास्थ्य सामाग्री सहित प्रेस ज्याकेट वितरण गरेर महत्वपुर्ण काम गरेको बताउनुभयो । सुरक्षित भएर आफ्नो काममा लाग्न समेत उहाँले समितिलाई आग्रह गर्नुभयो । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति रामेछापले संघमा आवद्ध १० जना र जिल्लामा क्रियाशिल १० जना पत्रकार जिल्ला लगाएत स्थानिय तह गरि २० जना पत्रकारहरुलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय