BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

सोलुखुम्बु :लिखुपिके गाउँपालिकामा हिमालयन प्रोजेक्ट र पालिकाको साझेदारीमा एम्बुलेन्स प्राप्त भएको छ । शनिबार आज काठमाडौमा सोलु दुुध कुण्ड नगरपालिकाका नगर प्रमुख नामगेल जाङबु शेर्पाको प्रमुख आतिथ्यता तथा लिखुुुपिके गाउँँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेत ,उपाध्यक्ष प्रमिला बस्नेत , हिमालयण प्रोजेक्टकि प्रबन्धक जानकी खड्काको सयुक्त उपस्थितिमा एम्बुलेन्स हस्तान्तरण भएको हो ।
यस अघि पालिकाले पटकपटक प्रयास गर्दा पनि एम्बुलेन्स ल्याउन कानुनी जटिलता भएका कारण ल्याउन नसकिएको पालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले बताउनुभयो । हामीले पटकपटक पहल गर्‍यौ तर कानुनी जटिलता भएका कारण समयमै ल्याउन सकेनौ यो कुरा सबैलाई समयमा बुझाउन नसक्दा पालिकाले केही नगरे जस्तो देखिएको भएपनी अब भने हिमालयन प्रोजेक्टको सहयोगमा एम्बुलेन्स ल्याउन पालिका सफल भएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले बताउनु भयो । गाउँपालिकामा एम्बुलेन्स नहुँदा लिखुपिके बासी बिरामी पर्दा भाडाको गाडि कुर्नु पर्ने बाध्यता थियो भने कतिपय बिरामी अस्पताल नपुर्‍याउदा नै बाटोमै ज्यान समेत गएको घटना थियो । पालिका खबरले एम्बुलेन्स नहुँदाको लिखुपिके बासीहरुको समस्याको समाचार पटक पटक प्रसारण गरेको थियो । केही दिनमा गाउँपालिका एम्बुलेन्स आइपुग्ने हिमालयण प्रोजेक्टकि प्रबन्धक निर्देशक जानकी खड्काले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय