BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले आठौँ गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतको अध्यक्षतामा बसेको गाउँसभामा उपाध्यक्ष प्रमिला बस्नेतले आर्थिक बर्ष २०७८/७९ का लागि २५ करोड ४२ लाख ९१ हजार ६ सय ६० रुपैयाँको बजेट पारित गर्न सभा समक्ष पेश गरिन ।
पुजिँगत तर्फ ७ करोड ९५ लाख ६८ हजार १५० , चालुतर्फ ७ करोड ४ लाख २३ हजार ५१० रुपैयाँ बजेटमा व्यवस्था गरिएको छ भने संघ र प्रदेश बाट सशर्त अनुदान १० करोड ४३ लाख प्राप्त हुने बजेटमा अपेक्षा गरिएको छ । उपाध्यक्षले सभामा पेश गरेको बजेट सर्वसम्मतिले पारित भएको हो ।

जनप्रतिनिधिहरुको यो बजेट अन्तिम भएको र अब केही महिनापछी स्थानीय तहको निर्वाचन हुन सक्ने कुरा लाई ध्यानमा राख्दै बजेटमा मतदाता केन्द्रिय योजनाहरु परेका छन । कुल मण्डल लाई ५० हजार देखि १ लाख अनुदान , अन्य जातजातिहरुको गुम्बा तथा मण्डल सुधार गर्न ५० देखि १ लाख बजेट , दलितहरुको आरन सुधार कार्यक्रम , ब्राह्मणहरुको भजन कृतनको प्रयोग गर्ने बाजागाजा खरिद , पन्चेबाजा खरिद , दिर्घरोगिहरु लाई निशुल्क दबाइ वितरण, पालिकामा एमबिबिएस डाक्टरको व्यवस्था गर्न १२ लाख , निर्माण सामाग्रीको मापदण्ड परिक्षण गर्न प्रयोगशाला निर्माण गर्न १२ लाख , गाउँपालिकाको लागि जग्गा प्राप्त गर्न १५ लाख र ४ वटा वडा कार्यालयहरु निर्माणका लागि १ करोड ६० लाख बजेट छुट्याइएको छ ।
कोरोना नियन्त्रणमा ३० लाख कृषि शाखा लाई ३० लाख , शिक्षा शाखा लाई १५ लाख , स्काउट व्यवस्थापनलाई ४ लाख , तिज कार्यक्रमका लागि ५ लाख , सुकुम्बासी लाई घडेरी खरिद देखि व्यक्तिको घर मर्मत शिर्षकमा समेत बजेट बिनियोजित गरिएको छ । अन्य गाउँपालिकाहरुले यश अघि नै बजेट ल्याएपनि लिखुपिके गाउँपालिकाले भनी असारमा ल्याउने बजेट साउन ३ गते मात्र ल्याएको हो । यो समस्या लिखुपिके गाउँपालिकाको बर्षै पिच्छे दोहोरी रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय