BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |


रामेछाप : विद्यालय क्षेत्र बढी जोखिम भएकाले उमाकुण्ड गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताहरूलाई कोरोना विरुद्धको पहिलो खोप दिने तयारी गरिएको छ । साउन ६ र ७ गते खोप लगाउन गुम्देल स्वास्थ्य चौकी, बाम्ती प्राथमिक स्वास्थ्य चौकी, कुँबु स्वास्थ्य चौकी, च्यादलु सामुदायिक स्वास्थ्य इकाई, प्रिती स्वास्थ्य चौकी, गुप्तेश्वार स्वास्थ्य चौकी र भुजी स्वास्थ्य चौकी सहित सातवटा खोप केन्द्रहरू स्थापना गरिएका छन् ।

खोप लगाउन विद्यालयले आफ्नो शिक्षक र कर्मचारीहरूको विवरण एकमुष्ट खोप केन्द्र पठाउनुपर्ने र खोप लिने व्यक्तिले आफ्नो परिचय खुल्ने कागजात सहित खोप केन्द्रमा पुग्नुपर्ने व्यवस्था मिलाएका छन् । ५५ बर्ष उमेर माथिका नागरिकहरू, सार्वजनिक यातायातका चालक तथा सहचालकहरू र नेपाल सरकारले तोकिएको अत्यावश्यक सेवाका व्यक्तिहरूले पनि खोप लिनसक्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय