BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

दिपक रोक्का

भनिन्छ पत्रकारिता हरेक नागरिकको आँखा हो , कान हो र समष्टिगतरुपमा समाजको ऐना हो । लोकतन्त्रको मर्म र भावना बमोजिम राज्यभित्र वा बाहिर हुने हरेक गतिबिधिहरुलाई नजिकबाट निगरानी राख्नु, विश्लेषण गर्नु र तथ्यको आधारमा समाचार तयार गरी जनता समक्ष पुर्याउने जिम्मेवारीको भारी पत्रकारिता जगतले बोकेको हुन्छ । सायद यहि महत्वपुर्ण जिम्मेवारी काँधमा बोकेको हुनाले नै राज्यको चौथो अंग पनि भनिएको होला ।

हाम्रो मुलुकको पत्रकारिता सम्बन्धि उल्लेख गर्नुपर्दा कहिले काही त साच्चिकै पित पत्रकारिता हाबी छ भन्ने भान हुन्छ । आफ्नो बौदिक र बिश्लेषणात्मक क्षमताको प्रयोग गर्दै सत्य तथ्यको पहिचान गरि निष्पक्ष ढंगले समाचार संप्रेशण गर्नुको सट्टा कसैको स्वार्थको ठेकेदार बनेर भिडकेन्द्रित समाचार संप्रेषण गर्नुका साथै खबरलाई सनसनीपुर्ण बनाइ अधिकतम सेयर र भिवर्स बटुल्ने नियतले मात्र अधिकतम समाचार संप्रेषण भएको पाइन्छ । बिचरा! हामी सोझा साझाचाहिँ यिनिहरुको स्वार्थकेन्द्रीत बिश्लेषणलाई पढेर, हो कि क्या हो भन्दै सेयर र लाइक ठोक्दै समय व्यतित गरिरहेका हुन्छौं ।

स्थार्थकेन्द्रित र अतिरन्जित समाचारहरुले जनता र सरकार बिच फाटो पैदा गरिरहन्छन् । यसैको पछिल्लो उदाहरण हो , ओली सरकारको बर्हिगमन । कानुन तथा न्यायको दृष्टिकोणबाट भलै ओली सरकारको संसद बिघटनको कदम असंबैधानिक होला , त्यो न्याय क्षेत्रमा कार्यरत संबिधानका आन्द्राभुंडी केलाउनेहरुले बुझ्लान हामी बुझ्दैनौं । हामी सोझो र सरल भाषामा यति मात्र बुझ्छौं र हाम्रो बलिदानीको चाहत पनि यहिमात्र हो कि को सरकारमा रहने र प्रधानमन्त्री को बन्ने? भन्ने फैसला गर्ने जिम्मेवारी जनताको हो । र हामीले परिकल्पना गरेको उन्नत लोकतन्त्रको गाँठी कुरा पनि त्यहि हो । कसैले मागेर पाउने र कोही प्रधानन्यायधिसले चाहेमा जो कसैलाई टिका लगाइदिने पद बिल्कुलै हैन । लोकतान्त्रिक पद्धतिमा निर्विवादरुपमा यस सम्बन्धि बिवादको छिनोफानो गर्ने अधिकार जनता निहित छ र त्यसको लागि चुनाबमा जानुपर्दछ भन्दा के असंबैधानिक भो ? के निरंकुशता भो ? के अलोकतान्त्रिक भो ?

अब रह्यो पत्रकारिता जगतले हामीलाई कसरी उल्लु बनाइरहेका छन् ? भन्ने प्रशंग । राष्ट्रिय मुलधारका मिडियाहरुले यसरी हामीलाई दिग्भ्रमित बनाइरहेका छन् कि मानौ ओली सरकार वरको सिन्को पर नसारीकन भ्रष्टाचारीलाई संरक्षण दिनुका साथै असंबैधानिक तिकडममा मात्र ब्यस्त रहेका कारण बर्हिगमित हुन पुग्यो । दैनिक समाचार के मात्र पढ्न पाइन्छन भने ओली सरकार नालायक र भ्रष्टाचारी ,ओली सरकार असफल हुनुको ५० कारण , सुखद शुरुवात दुखद अन्त्य , यति सम्मकी गाली बेइज्जतीका शब्द चयन आदि इत्यादि । मलाइ हाम्रो पत्रकारिता जगतको विश्लेषणात्मक क्षमता र लयो मति देखेर मलाई बिचरा भन्न मन लाग्छ । भित्रैबाट दिक्क लागेर आउँछ । हामी किन यसरी अन्धो भएर एकपक्षिय समाचार मात्रै संप्रेशषण गछौं ? कहाँ गए ओलीको चुच्चे नक्सा छपाउने साहसिक कदम, सिके राउत, विप्लबलाई राष्ट्रिय मुलधारमा ल्याउने हिम्मत , अन्तरिक्षमा सेटलाइटको स्थापना गरि राष्ट्रिय झण्डा फहराएको कुरा , सुरुङ्ग युगमा प्रवेश गरेको कुरा , रेलमार्गको सुरुवातको कुरा , भटाभट बन्दै गरेका बिभिन्न विमानस्थलका कुरा , ठुला ठुला राजमार्ग बिस्तारका कुरा , राष्ट्रिय गौरबका आयोजना का कुरा । हजारौ युवाहरुलाई रोजगारी दिने प्रधानमन्त्री रोजगार कार्यक्रमका कुरा । शैक्षिक प्रमाणपत्र धितो राखेर व्यापार व्यवसाय गर्ने कुरा , कृषी जोनहरु निर्माण गर्ने कुरा । बृद्धबृद्धाहरुको उचित सम्मानको कुरा । हुम्ला मोटर पुर्याउने योजनाका कुरा , कालीकोट डोल्पामा बिघुत पुर्याएको कुरा । यि त मेरो समजमा आएका कुराहरु मात्र हुन् । यस्तै सम्झन लायक कुराहरु अझै धेरै हुन सक्छन् । के हामीलाई यि कुराहरु जनतालाई बुझाइदिंदा हाम्रो कलम ठनक्कै भाचिन्छ ?

अन्त्यमा , म ओली पथको अन्धभक्त होइन र कोही कसैसंग मेरो केही लेनादेना पनि छैन । मेरो चिन्ताको बिषय यो होकी हामीलाई सहि मार्गमा डोहोर्याउने , सुसुचित गर्ने पवित्र कर्ममा खटिनुभएकाहरुले बलेको आगो ताप्ने, कसैको नुनको सोझो गर्ने र उज्यालोपक्षलाई बिल्कुलै ढाकछोप गरेर जनतालाई दिग्भ्रमित पारिरहने खेती मात्र नगरुन भन्ने मेरो चाहना हो । जय नेपाल ।

लेखक/ दिपक रोक्का नेपाली सेनाका पुर्ब मेजर तथा समाजसेवी हुनुहुन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय