BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

बिष्णु खड्का / रामेछाप परमम्परा सोचले हाम्रो समाज अझै पनि अन्धविश्वास र रुढिवादीले जेलिएको छ । पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति सजिलो भए पनि व्यावहारिकरुपमा प्रयोगमा ल्याउन त्यति सहज छैन ।

समाजमा मर्दापर्दा होस् या कुनै पनि शुभकार्य गर्दा होस् पुरानै सोचका साथ समाज अझै पनि चलिरहेको छ तर उमाकुण्ड गाउँपालिका वडा १ ठाडोखोला स्थाई घर भई काँडाघारी कागेश्वरी मनहरा १ काठमाडौ बसोबास गर्दै आउनु भएका २ छोरीले बाबुको क्रिया गरिरहेका छन । असार १३ गते मध्यरातमा बाबु दिप बहादुर बस्नेतको ६९ बर्षको उमेरमा मृत्यु भएपछि २६ वर्षीया छोरी बन्दना बस्नेत कोरामै बसेर क्रियामा बसेकी हुन् । मृतक बस्नेतका दुई छोरी, श्रीमती हुनुहुन्छ । जसमध्ये छोरीले क्रिया बस्नु हुँदैन भन्ने मान्यतालाई तोड्दै बन्दना क्रियामा बस्नुभएको छ ।

छोरीले कपाल फालेर छोरासरह नै काजकिरिया गरेको देख्दा समाजमा धेरै चर्चा हुन थालेको छ । यो क्षेत्रमा छोरीले बाबुको काजकिरिया गरेको बिरलै घटना भएको हो ।

आफ्ना दाजुभाइ नभएपछि बुबाको काजकिरिया गर्ने आफ्नै जिम्मेवारी भएको ठहर गर्दै आफ्नो बाबुको किरियामा बसेको बन्दना बस्नेतले बताउनुभयो । “अभिभावकका लागि छोराछोरी दुवै बराबरी हुन्, समाजको हेर्ने दृष्टिकोण सङ्कुचित रहेकाले अनौठो लागेको हुन सक्दछ”, बन्दनाले भन्नुभयो, “बुबाले छोरासरह नै काम गर्नु, छोरी हुँ भनेर कहिल्यै पनि पछाडि नहट्नु भन्नुहुन्थ्यो ।” मृतका जेठी छोरी बिनिता बस्नेतले बताउनु भयो ।

बाबुको अर्ति उपदेशलाई अनुशरण गर्दै समाजको पुरानो मान्यता हटाएर बाबुको नाममा हिन्दू परम्पराअनुसार काजकिरिया गरिरहेको उहाँले बताउनुभयो ।
मृतकका भाइ तथा भाइका छोराहरु भएपनि छोरीहरु आफैँ बुबाको क्रिया गर्छु भनेपछि सबैको सल्लाहअनुसार छोरीेले नै आफ्नो बुबाको क्रिया गरेका हुन ।

मृतकका जेठी छोरी बिनिता बस्नेतको विहे भइसकेको छ । कान्छि छोरी ब्याङलोडमा अध्ययन सकेर जागिरमा हुनुहुन्थ्यो तर बुबाको स्वास्थ्य अबस्था ठिक नभएपछी असार ४ गते नै नेपाल आएर बाबुको उपचार गरिरहनु भएको थियो । आफैँ ब्याङलोडमा नर्सिङ पेशामा रहनु भएको बन्दनाले बाबुको उपचारमा सकेसम्म गरेको तर अन्यमा बाबुलाई गुमाउनु परेको बताउनु भयो । अन्धविश्वास र रुढिवादीले जेलिएको समाजलाई बन्दना र बिनिताले गतिलो उदाहरण प्रस्तुत गर्नुभएको हो । सबै परिवार र समाजले उनीहरुको आँटको प्रशंसा गरेका छन् ।

मृतक बस्नेत प्रति हार्दिक श्रद्धाञ्जली 

सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा न ३ मा रहेको हिमगंगा माबिमा २०३१ साल फाल्गुण २ गते प्राबि शिक्षकमा नियुक्त भई २०३९ साल माघ देखि निमाबि तहमा प्रधान ध्यापक भई २०४० सालमा सोही बिद्यालयलाई नि.मा.बि बाट मा.बिमा परिणत गर्न ठूलो योगदान दिई निरन्तर रुपमा आफ्नो क्षमता र बिबेक पुर्‍याई प्रधानध्यापकको पद समाल्दै २०६९ साल सम्म हिमगंगा माबिको प्रधानध्यापक पदमा रहेर ६० बर्षको उमेर सम्म रही अबगास हुनु भएका बस्नेतले लिखुपिके तथा आसपासका हजारौँ बिद्यार्थीहरुलाई शिक्षाको ज्योती फैल्याउनु भएको हो । आज उनै शिक्षक बस्नेतले अध्यापन गराउनु भएका बिद्यार्थीहरु माथिल्लो पदमा रहेर काम गरिरहेका छन । शिक्षक बस्नेतको मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली ।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय