BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

नेपाली काङ्ग्रेस युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण

सोलुखुम्बु : नेपाली काङ्ग्रेसका युवा नेता सुरज बस्नेत र धिरज बस्नेतको सक्रियतामा लिखुपिके गाउँपालिकाका किसानहरुलाई फलफुलका बिरुवा वितरण गरिएको छ । किसानहरु लाई व्यवसायी फलफुल खेतितर्फ आर्कषित गर्नका लागि सुन्तला , कागती , जामन , अमला , अम्बा र एभोग्राडोको ३३ सय बिरुवा लिखुपिके गाउँपालिकाका ४ वटा वडाका झन्डै ३ सय घरधुरी किसानहरु लाई १० वटाका दरले बाडिएको छ । केही बिरुवा पालिका लाई पनि दिएको बस्नेतले जानकारी दिए ।
जुनिफर ट्रस्ट नामक संस्थाको आर्थिक सहयोगमा बिरुवा उपलब्ध भएको बस्नेतले बताए । सरकारी जग्गामा सरकारी कार्यालय सग सम्झौता गरेर व्यवसायीक फलफुल खेती गर्न संस्थाले तयारी अघि बढाएको भएपनि लकडाउनका कारण संस्थाका बिदेशी प्रतिनिधि नेपाल आउन नपाएर यसपालि सबै बिरुवा किसान लाई नै उपलब्ध गराएको संस्थाका नेपाल प्रतिनिधिले बताएका छन ।
लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले लकडाउनको समयमा पनि ठुलो मात्रामा फलफुलका बिरुवा ल्याउन पहल गरेकोमा बस्नेत दाजुभाइ लाई गाउँपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन । बिरुवा लिन पालिका आएका किसानहरुले फलफुलका बिरुवाहरु उपलब्ध गराइ दिएकोमा खुशी व्यक्त गर्दै पालिकाले पनि मौसम अनुसारका बिरुवा र माटोको चेकजाँच पालिकामै गर्ने वातावरण मिलाउनु पर्ने कुरामा जोड दिएका हुन । यसअघि पनि युवा नेता बस्नेतहरुको पहलमा लिखुपिकेका विभिन्न बिद्यालयहरुलाई सहयोग मिलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय