BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

रामेछाप : नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले आइतबार प्रमुख जिल्ला अधिकारी गौलोचन शैजु मार्फत  प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । आफैँले टेलिभिजन, पत्रपत्रिका, रेडियो सञ्चालन गरी प्रदेशका १३ जिल्लाबाट प्रकाशित तथा प्रसारित हुने सञ्चारमाध्यमलाई बन्द गराउने उद्देश्यले वाग्मती प्रदेश सरकारले आमसञ्चारमाध्यम स्थापना गरेको भन्दै प्रजिअ शैजु मार्फत आज प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष बद्रि नयाँघरले प्रजिअ शैजुलाई ज्ञापनपत्र बुझाएका हुन। महासंघले सरकारले नीति तथा कार्यक्रम एवं बजेटमा आमसञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न रु १० करोड बजेट विनियोजन गरेको र त्यसले हाल प्रकाशित एवं प्रसारित सञ्चारमाध्यमको घाँटी निमोठ्ने काम गर्न खोजेको ठहर गरेको छ ।

देशभरका ६६ प्रतिशत सञ्चारमाध्यम र नेपाल पत्रकार महासङ्घका ४८ प्रतिशत सदस्य वाग्मती प्रदेशमा रहेको उल्लेख गर्दै महासंघ रामेछाप शाखाले आमसञ्चारजगतको संरक्षण, प्रवद्र्धन तथा क्षमता अभिवृद्धिका लागि पूँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गर्न माग गरेको छ । महासंघले उक्त निर्णय फिर्ता नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिँदै सञ्चारमाध्यमको प्रवद्र्धन र सञ्चारकर्मीको हितमा बजेट ल्याउन माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय