BREAKING
राष्ट्रिय युवा संघ रामेछापले प्रेस चौतारी रामेछापलाई नगद सहित स्वास्थ्य सामाग्री सहयोग | अन्जन र नवयुगको गोलमा नेपालले ताइपेईलाई हरायो  | कार्यालय सहयोगीदेखि मुख्यसचिव सम्मको तलव एउटै दरमा वृद्वि, कसको कति ? (सूचीसहित) | हिमालयन प्रोजेक्ट द्वार स्वास्थ्य सामाग्री सहयोग बिपतमा सहयोग गर्ने दाताप्रति धन्यबाद | खिजीकातीका युवा कोरोना भाईरसको संक्रमण रोकथामका लागि जागरणमा जुटे | लिखुपिकेमा एक जना कोरोणा मुक्त १३ जनाको एन्टिजेन परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ | लिखुपिकेमा बज्यो खतराको घण्टी थप ७ जनामा कोरोना संक्रमण पुष्टि | नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त | लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | |

रामेछाप राष्ट्रिय युवा संघ रामेछापले प्रेस चौतारी नेपाल रामेछापलाई नगद सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ । युवा संघले प्रेस चौतारी रामेछापलाई बिहिबार नगद १५ हजार र माक्स तथा सेनिटाइजर सहयोग गरेको हो ।
राष्ट्रिय युवा संघ रामेछापका अध्यक्ष गणेशबज्र लामाले प्रेस चौतारी रामेछापका अध्यक्ष युनिक बिफा घिसिङलाई नगद र स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
विश्व नै कोरोनाबाट अक्रान्त बनिरहेको बेला महत्वपूर्ण सूचना सम्प्रेषणका लागि खटिरहेका प्रेस चौतारीमा आवद्ध पत्रकाहरुलाई हुनेसक्ने जोखिमतालाई मध्यनजर गरी उनीहरुको सुरक्षा र उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य अमित कार्कीले बताउनुभयो । पत्रकार जुनसुकै बेला सङ्क्रमणमा पर्नसक्ने भएकाले पत्रकारहरुको सुरक्षा र उपचारका लागि राष्ट्रिय युवा संघले थप सहयोग गर्ने केन्द्रीय सचिवालय सदस्य एवम् रामेछापका अध्यक्ष गणेशबज्र लामाले बताउनुभयो ।
कोभिड नियन्त्रण र उपचारमा सघाउने राष्ट्रिय युवा संघको अभियान अन्र्तगत नगद तथा स्वास्थ्य सामाग्री प्रदान गरिएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवम् रामेछापका उपाध्यक्ष सुरेन्द्र कार्कीले बताउनुभयो । चौतारीको कोषमा जम्मा भएको रकम चौतारी अवद्ध पत्रकारलाई समस्या परेको बेला जुनसुकै बेला पनि खर्च गर्नसकिने चौतारीका अध्यक्ष युनिकविफा घिसिङले बताउनुभयो । प्राप्त स्वास्थ्य सामाग्री पत्रकार, तथा सञ्चारमाध्यमलाई माग आवश्यकताको आधारमा वितरण गरिने उहाँले बताउनुभयो ।

Copy news ramechhap

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय