BREAKING
राष्ट्रिय युवा संघ रामेछापले प्रेस चौतारी रामेछापलाई नगद सहित स्वास्थ्य सामाग्री सहयोग | अन्जन र नवयुगको गोलमा नेपालले ताइपेईलाई हरायो  | कार्यालय सहयोगीदेखि मुख्यसचिव सम्मको तलव एउटै दरमा वृद्वि, कसको कति ? (सूचीसहित) | हिमालयन प्रोजेक्ट द्वार स्वास्थ्य सामाग्री सहयोग बिपतमा सहयोग गर्ने दाताप्रति धन्यबाद | खिजीकातीका युवा कोरोना भाईरसको संक्रमण रोकथामका लागि जागरणमा जुटे | लिखुपिकेमा एक जना कोरोणा मुक्त १३ जनाको एन्टिजेन परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ | लिखुपिकेमा बज्यो खतराको घण्टी थप ७ जनामा कोरोना संक्रमण पुष्टि | नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त | लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | |

फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरण खेलमा नेपालले दोस्रो जित हात पारेको छ।

बिहीबार कुवेत सिटीमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलले पराजित गरेको हो । नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। 

खेलको तेस्रो मिनेटमा अन्जनले पेनाल्टीमार्फत गोल गरेका थिए। सन्तोष तामाङको फ्रिकिकमा ताइपेईका खेलाडीले ह्यान्ड गरेपछि नेपालले फ्रिकिक पाएको थियो। 

नेपालका लागि दोस्रो गोल नवयुगले गरे। वैकल्पिक खेलाडी नवयुगले सुमन अर्यालले दिएको पासमा ८१ मिनेटमा गोल गरेका थिए।

नवयुग ६९ मिनेटमा सुनील बलको स्थानमा मैदान छिरेका थिए । समूह ‘बी’ मा रहेको नेपालले दोस्रो जित हात पारेको हो। यसअघि नेपालले ताइपेईलाई नै २-० गोलले पराजित गरेको थियो। 

अब नेपालले छनोटमा जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ। 
जितसँगै नेपालले समूहमा ६ खेलबाट ६ अंक जोडेको छ। नेपाल अंक तालिकाको चौथो स्थानमा छ। 

शीर्ष स्थानको अस्ट्रेलियाको ४ खेलबाट १२ अंक छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनले समान १०-१० जोडेका छन्। जितसँगै नेपालको समूहमा चौथो भएर एसियन कपको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय