BREAKING
राष्ट्रिय युवा संघ रामेछापले प्रेस चौतारी रामेछापलाई नगद सहित स्वास्थ्य सामाग्री सहयोग | अन्जन र नवयुगको गोलमा नेपालले ताइपेईलाई हरायो  | कार्यालय सहयोगीदेखि मुख्यसचिव सम्मको तलव एउटै दरमा वृद्वि, कसको कति ? (सूचीसहित) | हिमालयन प्रोजेक्ट द्वार स्वास्थ्य सामाग्री सहयोग बिपतमा सहयोग गर्ने दाताप्रति धन्यबाद | खिजीकातीका युवा कोरोना भाईरसको संक्रमण रोकथामका लागि जागरणमा जुटे | लिखुपिकेमा एक जना कोरोणा मुक्त १३ जनाको एन्टिजेन परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ | लिखुपिकेमा बज्यो खतराको घण्टी थप ७ जनामा कोरोना संक्रमण पुष्टि | नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त | लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | |

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुलाई हिमालयन प्रोजेक्ट नेपाललेे मङगलबार लिखुपिके गाउँपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य चौकी भकान्जे लाई कोभिड -१९ रोकथाम तथा नियन्त्रणका लागि अक्सिजन सिलिन्डर सहितका अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।

लिखुपिके स्वास्थ्य शाखा , भकान्जे स्वास्थ्य चौकी , सगरडाडा क्लिनिक , छिरिङ्खर्क क्लिनिक र भकान्जे टी स्टेटलाई कोभिड रोकथामका लागि अक्सिजन सिलिन्डर सहित अति आवश्यक स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो। त्यस्तै ५ बेडको आइसोलेसन तथा १० बेडको क्वारेन्टाइन पनि पुर्व तयारी अवस्थामा राखिएको छ । यी स्वास्थ्य सामाग्री तथा क्वारेन्टाइन निर्माणको सम्पुर्ण आर्थिक सहयोग हिमालयन प्रोजेक्टले गरेको हिमालयण प्रोजेक्टकी प्रबन्ध निर्देशक जानकी खडकाले सिदा खबरलाई जानकारी दिनुभयो ।
स्वास्थ्य सामाग्री बुझ्दै वडा ५ का वडाअध्यक्ष निमछिरी शेर्पा त्यस्तै स्वास्थ्य शाखा संयोजक ज्ञानु कार्कीले महामारीको समयमा पनि अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको भन्दै हिमालयन प्रोजेक्ट लाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रोजेकी प्रबन्ध निर्देशक जानकी खड्काले पनि बिपतको बेला सँस्थाले थोरै भएपनि गाउँपालिकाका नागारिकहरुलाई थप सहयोग पुगोस भन्ने उदेश्यले उक्त स्वास्थ्य सामाग्री बितरण गर्न पाउँदा सिङ्गो सँस्था खुसि रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय