BREAKING
राष्ट्रिय युवा संघ रामेछापले प्रेस चौतारी रामेछापलाई नगद सहित स्वास्थ्य सामाग्री सहयोग | अन्जन र नवयुगको गोलमा नेपालले ताइपेईलाई हरायो  | कार्यालय सहयोगीदेखि मुख्यसचिव सम्मको तलव एउटै दरमा वृद्वि, कसको कति ? (सूचीसहित) | हिमालयन प्रोजेक्ट द्वार स्वास्थ्य सामाग्री सहयोग बिपतमा सहयोग गर्ने दाताप्रति धन्यबाद | खिजीकातीका युवा कोरोना भाईरसको संक्रमण रोकथामका लागि जागरणमा जुटे | लिखुपिकेमा एक जना कोरोणा मुक्त १३ जनाको एन्टिजेन परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ | लिखुपिकेमा बज्यो खतराको घण्टी थप ७ जनामा कोरोना संक्रमण पुष्टि | नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त | लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | |

ओखलढुंगा : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ खिजीकातीका युवा कोरोना भाईरसको संक्रमण रोकथामका लागि जागरणमा जुटेका छन् । सरसफाई सहितका व्यक्तिगत सुरक्षाले मात्रै संक्रमणबाट बच्न सकिने भन्दै युवाहरुले वडा भित्रका सबैजसो टोलबस्तिमा पुगेर संक्रमणको जोखिम र सरसफाईको महत्वबारे जानकारी गराएका हुन् ।स्थानीय समावेशी युवा क्लवको नेतृत्वमा युवाहरुले वडा अध्यक्ष सहितका जनप्रतिनिधिको समन्वयमा खिजीकातीमा सरसफाई र सचेतनाको अभियान चलाएका छन् । हातधुनका लागि वडाका महत्वपूर्ण तथा बढी भिडभाड हुने क्षेत्रमा साबुन र वाल्टीनमा पानीको समेत व्यवस्था गरिएको क्लवका उपाध्यक्ष देवकृष्ण खड्काले जानकारी दिए । महामारीजन्य संक्रमणबाट गाउँलाई सुरक्षित राख्न युवाको तहबाट सक्दो पहल गरिने उनको भनाई छ ।
वडाभित्रका सबै नागरिकलाई पुग्नेगरि मास्क सहितका स्वास्थ्य सामाग्री वितरण गर्ने क्लवको तयारी छ । वडा कार्यालयसँगको समन्वयमा स्वास्थ्य सामाग्री वितरण गर्ने निर्णय गरिएको क्लवका अध्यक्ष नानीबहादुर खड्काले बताए ।

क्लवले सार्वजनिक स्थलमा सरसफाईका सामाग्री व्यवस्था गर्न क्लवका सचिव भुवन भटराईलाई जिम्मेवारी दिएको थियो । काेषाध्यक्ष इन्द्र भुजेलसहित अरु स्थानीय युवाहरु अभियानमा जुटेका छन् ।

समावेशी क्लवले स्थापनाकाल देखिनै गाउँमा समाज रुपान्तरणका अभियानहरु चलाईरहेको छ । गाउँका युवाहरुले प्रशंसनिय कार्य गरेको वडाअध्यक्ष कमलप्रसाद न्यौपानेले बताए । समावेशी यूवा क्लवका पदाधिकारीहरुले स्थानीय सरकारसँग समन्वय गरेर कोभिड नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै युवाहरुको सकृयताको प्रशंसा गरेका छन् ।

हात धोऔं स्वस्थ रहौं भन्ने युवाहरुको अभियानलाई खिजीकातीका जनप्रतिनिधिले पनि साथ दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय