BREAKING
राष्ट्रिय युवा संघ रामेछापले प्रेस चौतारी रामेछापलाई नगद सहित स्वास्थ्य सामाग्री सहयोग | अन्जन र नवयुगको गोलमा नेपालले ताइपेईलाई हरायो  | कार्यालय सहयोगीदेखि मुख्यसचिव सम्मको तलव एउटै दरमा वृद्वि, कसको कति ? (सूचीसहित) | हिमालयन प्रोजेक्ट द्वार स्वास्थ्य सामाग्री सहयोग बिपतमा सहयोग गर्ने दाताप्रति धन्यबाद | खिजीकातीका युवा कोरोना भाईरसको संक्रमण रोकथामका लागि जागरणमा जुटे | लिखुपिकेमा एक जना कोरोणा मुक्त १३ जनाको एन्टिजेन परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ | लिखुपिकेमा बज्यो खतराको घण्टी थप ७ जनामा कोरोना संक्रमण पुष्टि | नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त | लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | |

सोलुखुम्बु : लिखुपिके गाउँपालिकामा शनिबार ३० जनाको स्वाव संकलन गरिएकोमा ७ जनामा
कोरोना पोजेटिभ देखिएको छ । यो सगै जिल्लाको लिखुपिकेमा कोरोना संक्रमितको संख्या ९ पुगेको हो । लिखुपिके गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत , इन्जिनियर र केही होटल व्यवसायीमा समेत कोरोना पोजेटिभ देखिए पछि लिखुपिकेमा समुदाय स्थरमा कोरोणा फैलिएको हुन सक्ने संकेत देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत नै संक्रमीत भएपछि गाउँपालिका एक हप्ताका लागि सिल गर्ने गाउँपालिकाले जनाएको छ । यो बेला कार्यकारी अधिकृत बाट हुने कार्यहरू सबै स्थगित गरिएको छ भने अन्य काममा सहजीकरण फोन बाट हुने वडा न ३ का वडा अध्यक्ष पुण्य बहादुर बस्नेतले सिदा खबरलाई बताउनु भयो । गाउँपालिकाले वडा नम्बर ३ मा ५ बेड र वडा नम्बर २ मा ५ बेडको आइसोलेसन कक्ष निर्माण गरेको छ नागरिक स्तरमा पनि भेला हुने कुनै पनि बैठक , भोज भतेर र अन्य कार्यक्रम नगर्न प्रहरीले सबैको गम्भीर ध्यानाकर्षण गराएको छ । यदि कसैले यस्को उल्लंघन गरेको पाइएमा कार्वाहीको दायरामा ल्याइने समेत जनाएको छ ।

केहिदिन अगाडि काठमाडौ बाट घर आइ ज्वरोले बसेका दुइजनाको स्वाव परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रणमा सक्रियता देखाउन थालेको हो ।
पालिकाले शनिबार स्वास्थ्य शाखाको प्राङ्गणमा लिखु हाइड्रोपावरका रहेका स्वास्थ्यका दक्षजनशक्ति सहितको टोलि बोलाएर स्वाव संकलन गरेको हो । शनिबार स्वाव संकलन गर्नेमा पालिका अध्यक्ष , उपाध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सहित ११ महिला र १९ पुरुष रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय