BREAKING
राष्ट्रिय युवा संघ रामेछापले प्रेस चौतारी रामेछापलाई नगद सहित स्वास्थ्य सामाग्री सहयोग | अन्जन र नवयुगको गोलमा नेपालले ताइपेईलाई हरायो  | कार्यालय सहयोगीदेखि मुख्यसचिव सम्मको तलव एउटै दरमा वृद्वि, कसको कति ? (सूचीसहित) | हिमालयन प्रोजेक्ट द्वार स्वास्थ्य सामाग्री सहयोग बिपतमा सहयोग गर्ने दाताप्रति धन्यबाद | खिजीकातीका युवा कोरोना भाईरसको संक्रमण रोकथामका लागि जागरणमा जुटे | लिखुपिकेमा एक जना कोरोणा मुक्त १३ जनाको एन्टिजेन परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ | लिखुपिकेमा बज्यो खतराको घण्टी थप ७ जनामा कोरोना संक्रमण पुष्टि | नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त | लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | |

काठमाडौ :नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।पदमुक्त भएको तीन दिनपछि नै एमाले अध्यक्ष ओली फेरि प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् 

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने र ओलीले सपथग्रहण लगत्तै मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ । माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको र जसपाको महन्थ ठाकुर पक्षका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखिएपछि देउवाको पक्षमा बहुमत नजुटेको हो ।

विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय